अब शेयर बजार एकैचोटि असोज १२ गते खुल्ने


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब एकैचोटी असोज १२ गते सोमबारदेखि खुल्ने भएको छ। आज अर्थात् असोज ९ गते इन्द्रजात्रा पर्व परेकाले उपत्यकामा सार्वजनिक बिदा भएकाले शेयर बजार रहने भएको हो।

त्यसपछि असोज १० गते शनिबार र असोज ११ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले शेयर बजार लगातार तीन दिन बन्द हुनेछ। अघिल्लो कारोबारको दिन विहिबार नेप्से ११.७७ अंकले बढेर बजार २६ सय २९ दशमलव ८१ को बिन्दुमा बन्द भएको थियो।