बैंकिङ्ग कसुर मुद्दामा २ लाख जरिवाना तोकिएका राधेश्याम वरई पक्राउ


काठमाडौं –  बैकिङ्ग कसुर मुद्दामा २ लाख १२ हजार ५ सय जरिवाना तोकिएका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ का राधेश्याम वरई रहेका छन्।  

रुपन्देही जिल्ला अदालतको फैसला अनुसार फरार  रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरी  रुपन्देही जिल्ला अदालत पेस गरिएको प्रहरीले जनाएको छ।