सुनकाे मूल्य

फेरि तीन लाख मुनि झर्‍यो सुनको मूल्य, आज तोलाको कति ?

'ताेलामा ३२ सय रूपैयाँले घट्याे मूल्य'


काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यघटेको छ। बुधबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन तोलामा तीन हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला चार हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ घटेको हो।