काठमाडौं – कार्यवाहक प्रधानमन्त्री डा।स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसम सम्बन्धमा जानकारी लिएका छन्। अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठसँग उनले मौसमी अवस्थाको प्रक्षेपण र सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिएका हुन्।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको सक्रियताका कारण नेपालभर उच्च सतर्कता जारी गरिएको महानिर्देशक डा. श्रेष्ठले जानकारी गराइन्।
त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात, पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले जानकारी गराए। आइतबारदेखि मौसममा सुधार हुने अनुमान रहेको समेत सो क्रममा जानकारी गराइएको थियो।






About Us
प्रतिक्रिया