काठमाडौं – विकास हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश घोषणा गर्ने निर्णय गरेको हो।
कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको छ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।






About Us
प्रतिक्रिया