काठमाडौं – सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका तथा पारिएका व्यक्ति र समुदायलाई प्रत्यक्ष सहयोग गर्दै सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित गैरनाफामूलक संस्था मुक्तिनाथ फाउन्डेसनले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
२०७८ असोज १ गते दर्ता भएको फाउन्डेसनले आफ्नो उद्देश्यअनुसार लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्दै सशक्त सामाजिक संस्थाका रूपमा काम गर्दै आएको जनाएको छ। संस्थाले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६५ पोका रगत संकलन भएको फाउन्डेसनले जनाएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो।
रक्तदान कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, मुक्तिनाथ क्यापिटल लिमिटेड, रोयल सहकारी लिमिटेड, विन्द्यवासिनी म्युजिक प्रालि तथा एमएन हस्पिटलको सहभागिता र समन्वयमा सम्पन्न भएको हो।फाउन्डेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि लक्षित वर्ग तथा समुदायको सहयोग र सबलीकरणका लागि विभिन्न सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।






About Us
प्रतिक्रिया