काठमाडौं – महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा सहभागिता जनाएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा प्रदर्शनी असोज १ गतेदेखि ४ गतेसम्म सञ्चालन भइरहेको छ।
प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी जानकारी, परामर्श तथा सहजीकरण प्रदान गरिरहेको जनाएको छ। ग्राहकको आवश्यकता र क्षमताअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनीमा सहभागिता जनाएको बैंकले जनाएको छ।
बैंकका अनुसार घर तथा जग्गा खरिद एवं घर निर्माणका लागि कर्जा लिन चाहने ग्राहकलाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराइनेछ। साथै, प्रदर्शनी अवधिमा कर्जासम्बन्धी प्रशासनिक शुल्कमा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले भदौ महिनाका लागि आफ्नो आधार दर ५.६४ प्रतिशत रहेको जानकारी दिँदै सो आधार दरअनुसार घर तथा जग्गा खरिद वा घर निर्माणका लागि कर्जा लिने ग्राहकले लाभ लिन सक्ने जनाएको छ।
प्रदर्शनीमा महालक्ष्मी विकास बैंकको स्टल नं. २८१ मा पुगेर ग्राहकले कर्जासम्बन्धी जानकारी तथा परामर्श लिन सक्नेछन्। बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कर्जा प्रक्रिया, आवश्यक कागजात तथा उपलब्ध विभिन्न बैकिङ्ग सुविधाबारे जानकारी प्रदान गर्नेछन्।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ। बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवासँगै ग्राहकको आवश्यकता अनुरूप वित्तीय सेवा विस्तार गर्दै आएको जनाएको छ।






About Us
प्रतिक्रिया