काठमाडौं – सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ। हाल आमालाई ९० दिन रहेको बिदालाई बढाएर ६ महिना पुर्याउन लागिएको हो। हाल बाबुलाई १५ दिन रहेको बिदा बढाएर ४२ दिन पुर्याउन प्रस्ताव गरिएको छ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ। अब मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारीमा मन्त्रालय छ।
उनका अनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ।






About Us
प्रतिक्रिया