काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित १० जना, अमृत मिडिया प्राइभेट लिमिटेड, जनकपुर टुडे मिडिया ग्रुप प्रालि, साइन कन्स्ट्रक्सन धनुषा र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालि माथि भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । उनीहरूमाथि धनौजीको गौरदाहादेखि लखौरीसम्म सडक निर्माण कार्यमा कामै नगरी रकम हिनामिना गरेको उजुरीका आयोगले अनुसन्धान गरेको थियो ।
उनीहरूले काम नै नगरी २६ लाख हिनामिना गरेको खुल्न आएको छ । उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ), दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम सजाय मागदाबी लिई अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।






About Us
प्रतिक्रिया