काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। सिजापति ४ वर्षे कार्यकालका लागि बैंककाे सीईओमा नियुक्त भएका हुन्।
यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आवद्ध रहेका सिजापतिसँग बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेकाे छ।सिजापति चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन्।
यसअघिका बैंककाे सीईओ सुयोग श्रेष्ठ बाहिरिएसँगै सिजापति नियुक्त भएका हुन्। श्रेष्ठले ८ वर्षसम्म सीईओकाे भूमिका सम्हालेका थिए।






About Us
प्रतिक्रिया