दुई दिनमा १० हजार १ सय रुपैयाँले बढ्यो सुन, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला सात हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा दुई हजार पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख चार हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। योसँगै पछिल्लो दुई दिनमा सुनको मूल्यमा १० हजार १ सय रुपैयाँको वृद्धि देखिएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार सात सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।