काठमाडौं – नबिल बैंकले कृषि परामर्शदाता पदका लागि एक जना कर्मचारी मागेको छ। बैंकले आगामि असोज २ गतेसम्म आवेदन दिन मिल्ने गरी सो पदमा कर्मचारी माग गरेको हो।
उम्मेदवारहरूसँग कृषि, बागवानी, पशु विज्ञान, पशु चिकित्सा विज्ञान, कृषि इन्जिनियरिङ, जलकृषि, कृषि व्यवसाय वा सम्बन्धित क्षेत्रमा स्नातक वा स्नातकोत्तर तहको शैक्षिक योग्यताका साथै कृषि विकासको क्षेत्रमा कम्तीमा १–२ वर्षको सान्दर्भिक अनुभव हुनुपर्नेछ।
त्यस्तै, आवेदकहरूमा नेपाली र अंग्रेजी भाषाको लेखन तथा बोलाइमा पोख्त हुनुका साथै व्यावसायिक व्यक्तित्व, उत्कृष्ट सञ्चार कौशल र उत्कृष्ट अन्तरवैयक्तिक क्षमता भएका हुनुपर्नेछ।






About Us
प्रतिक्रिया