काठमाडौं – भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सघाउने उद्देश्यले यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।
उक्त रकम बराबरको चेक ग्रुपका कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
ग्रुपले कम्पनीले अत्यावश्यक राहत सामग्रीका रूपमा ३० लाख बराबरको करेन्ट चाउचाउ पठाएर सम्बन्धित निकाय र प्रभावित जनतालाई प्रत्यक्ष रूपमा उक्त चाउचाउ वितरण गरेको ग्रुपको दाबी छ।






About Us
प्रतिक्रिया