काठमाडौं – एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड–इले आफ्ना इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएको छ। फण्डको व्यवस्थापनमा रहेको एनएमबि क्यापिटलको निर्णयअनुसार आर्थिक वर्ष २०८२÷०८३ मुनाफाबाट इकाईधनीहरू प्रतिफल घोषणा गर्ने निर्णय गरेको हो।
फण्डले इकाईधनीलाई २०८३ असार मसान्तमा कायम इकाई पुँजी ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८.४० रुपैयाँको ५.२५ प्रतिशत (कर सहित) को दरले हुन आउने रकम २५ करोड ६८ लाख १७ हजार १८८.८७ बराबर नगद प्रतिफल वितरण गर्ने निर्णय भएको छ।
उक्त प्रतिफलको लागि मिति २०८३ श्रावण २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू मात्र योग्य हुनेछन्।







About Us
प्रतिक्रिया