कालिमाटी शाखा र बल्खु शाखालाई कुलेश्वर शाखामा मर्ज गर्दै नबिल बैंक


काठमाडौं – नबिल बैंकले दुईवटा शाखालाई कुलेश्वर शाखामा मर्ज गर्ने भएको छ । बैंकले कालिमाटी शाखा र बल्खु शाखालाई कुलेश्वर शाखामा मर्ज गर्न लागेको हो ।

नबिल बैंकले महानगरपालिका भित्र अवस्थित शाखा कार्यालयहरु एकआपसमा समायोजन गरि कारोबार संचालन गर्न लागेको हो ।