ज्योति विकास बैंकको नाफामा उल्लेखनीय सुधार, वितरणयोग्य नाफा कति ?


काठमाडौं – ज्योति विकास बैंकको नाफामा उल्लेखनीय सुधार आएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफामा उल्लेखनीय सुधार गरेको हो । अघिल्लो आर्थिक वर्षमा १० करोड बैंकले खुद नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५९ लाख खुद नाफा आर्जन गरेको हो ।

बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार आएको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ३४ करोड १९ लाख ब्याज आम्दानी गरेको हो । अघिल्लो आर्थिक वपर्षमा बैंकले २ अर्ब ९ करोड ५३ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फी तथा कमिसन आम्दानी २८ करोड ५२ लाख, कुल सञ्चालन आम्दानी २ अर्ब ८१ करोड ३५ लाख र सञ्चालन मुनाफा १ अर्ब ७९ करोड ३७ लाख रहेको छ । बैंकको वितरणयोग्य नाफा १४ करोड माथि रहेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको बैंकको नाफा गत वर्ष धनात्मक बनेको हो । अघिल्लो आर्थिक वर्ष ९९ करोड ९४ लाख ऋणात्मक रहेको वितरणयोग्य मुनाफा गत आवमा भने १४ करोड ४३ लाख रुपैयाँ धनात्मक रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रहेको छ भने बैंकको रिजर्भ कोषमा २ अर्ब ९७ करोड ५४ लाख सञ्चित छ । बैंकको खराब कर्जामा पनि सुधार आएको छ । अघिल्लो वर्ष ७.७५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ६.६५ प्रतिशत कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा २.२८ रहेको प्रतिशेयर आम्दानी २२.८८ रुपैयाँ कायम भएको छ ।