बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी थापा विमानस्थलबाट पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १ सिम्पाल काभ्रे बस्ने राम बहादुर थापा रहेका छन्। 

उनी इलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोकमा दर्ता भएको बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी हुन्। थापालाई सिमराबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमन कक्षबाट पक्राउ गरिएको हो।

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय नवलपुर पठाइएको प्रहरीले जनाएको छ।