काठमाडौं – लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले सिनियर असिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिसर विभागका लागि सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।
सो पदमा आवेदन दिन इच्छुक आवेदकमा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल वा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट आइसीएआई परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ। त्यस्तै,आवश्यक आर्टिकलसिप तालिम सफलतापूर्वक पूरा गरेको हुनुपर्नेछ।
वित्त वा लेखापरीक्षणको क्षेत्रमा योग्यता हासिल गरेपछिको १–२ वर्षको अनुभव भएका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ। उमेर हदमा जुनियर अफिसर तहका लागि अधिकतम उमेर ४० वर्ष र सुपरभाइजर र सिनियर असिस्टेन्ट तहका लागि अधिकतम उमेर ३५ वर्ष रहेको छ।
सो पदमा आवेदन दिन इच्छुक आवेदकले यो सूचना प्रकाशित भएको मितिले भदौ ३ गतेभित्र आवेदन दिनुपर्नेछ।







About Us
प्रतिक्रिया