काठमाडौं – सिद्धार्थ बैंकको नाफामा सामान्य सुधार देखिएको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको नाफा केही बढेको हो। बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५१ करोड नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३६ करोड नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो। अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ४३ करोड खुद ब्याज आम्दानी गरेकोमा बैंकले गत वर्ष ९ अर्ब ५ १ करोड खुद ब्याज आम्दानी गरेको छ। गत वर्षमा बैंकको खुद फी तथा कमशिन आम्दानी १ अर्ब ८६ करोड, कुल सञ्चालन आम्दानी १२ अर्ब ५ करोड र सञ्चालन मुनाफा ५ अर्ब १६ करोड रहेको छ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७० करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो मुनाफा १ अर्ब ८३ करोड रहेको थियो।
त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २३.०६ रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा पनि बढेको छ। बैंकको खराब कर्जा २.६२ प्रतिशतबाट बढेर ३.५३ प्रतिशत पुगेको हो। हाल बैंकको चुक्ता पूँजी १८ अर्ब २९ करोड ४४ लाख रहेको छ भने रिजर्भ कोषमा १६ अर्ब ९२ करोड सञ्चित छ।






About Us
प्रतिक्रिया