निफ्राले कमायो ९८ करोड ७३ लाख नाफा, कस्ता छन् अन्य सूचक ? 


काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ मा ९८ करोड ७३ लाख ९५ हजार खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको १ अर्ब २३ करोड ४० लाखको तुलनामा करिब २० प्रतिशतले कम हो ।

बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी १ अर्ब ५० करोड ४७ लाख पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ४१ करोड ६८ लाख रहेको छ ।

बैंकको कुल सम्पत्ति ४१ अर्ब ८४ करोड ७० लाख पुगेको छ। त्यस्तै, हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड कायम रहेको छ । बैंकको प्रति शेयर आम्दानी (इपीएस) ४.५७ रहेको छ । बैंकको निक्षेप बढेर ७ अर्ब ८३ करोड ९१ लाख पुगेको छ भने कर्जा प्रवाह पनि बढेर ३१ अर्ब ४२ करोड ४२ लाख पुगेको छ।