बैंकिङ्ग कसुर मुद्दामा ८० लाख बिगो तोकिएका विकाश झा पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ८० लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको कविलासी घर भई काठमाडौंको कलंकी बस्ने विकाश झा रहेका छन् । 

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।