३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौँ: प्रधानमन्त्री शाह


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आइतबार संसदमा जवाफ दिने क्रममा सुकुम्बासी समस्याको विषयमा जवाफ दिएका छन्। प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुकुमबासीको समस्याका बारेमा प्रश्न राखेका थिए। 

‘सुकुम्बासी समस्या समाधान सामाजिक सञ्जालमा मात्र हुन्छ कि साँच्चिकै हुन्छ ?,’ सांसद राईको प्रश्न थियो। 

जवाफमा प्रधानमन्त्री बालेनले सुकुम्बासीका समस्या समाधान हुने बताए। ‘काठमाडौं उपत्यकामा रहेका खोला किनारमा रहेकालाई अन्य स्थानमा स्थानान्तरण गर्ने काम भएको हो । बाढी आउँदा उहाँहरूको घर डुबानमा पर्ने स्वास्थ्यअवस्था पनि नाजुक थियो। उहाँहरूलाई जग्गा व्यवस्थापनको लागि भूमिसम्बन्धी समिति छ। त्यसमा तीन मन्त्रालयले काम गरिरहेको छ। हतार गरेर हुँदैन। जति समय लाग्छ लाग्छ । ३५ वर्षमा नभएको चिज ३५ मिनेटमा नखोजौँ, समय लाग्छ।’