आयोगहरूका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्छाैँ: प्रधानमन्त्री शाह


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने बताएका छन्। 

योसँगै विभिन्न समयमा बनेका अध्ययन प्रतिवेदनहरू सरकारले एकमुष्ट अध्ययन गरेर आवश्यक कारबाही गर्ने उनको भनाइ छ। संसद् बैठकमा काँग्रेसका अर्जुन नरसिंह केसीको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन्।