रास्वपा सरकारले ल्याएको बजेट महत्त्वाकाङ्क्षी छ : अर्जुननरसिंह केसी


काठमाडौं – नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले ल्याएको बजेटलाई महत्त्वाकाङ्क्षी रहेको बताएका छन्। उनले यो अर्थतन्त्रभित्र जुन उद्देश्य लिएर बजेट आएको हो त्यसको सफल कार्यान्वयन गर्न कठिनाइ हुने बताए। केसीले राष्ट्रिय योजना आयोगले दिएको सीमाभन्दा बढाएर ल्याइएको बजेट व्यवहारिक नभएकाे जिकिर गरे।

उनले भने,’ हाम्रो व्यवस्थापन पक्षहरू जो छन् ती सबै आखिर यही राष्ट्रिय संरचनाहरू हुन। त्यसैले त्यसमा केही संरचना जोड्ने, मर्ज गर्न कुरा गरिएको छ त्यो विषय सकारात्मक छ। ‘साथै, निजी क्षेत्र र सरकारी क्षेत्रका विषय यस बजेटको राम्रो पक्ष रहेको उनले बताए।