प्रमुख सहरहरुमा फोहोर व्यवस्थापन गर्न २ अर्ब १९ करोड बजेट विनियोजन


काठमाडौं – देशका प्रमुख सहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन २ अर्ब १९ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। 

उनले बजेट प्रस्तुत गर्दै  देशका प्रमुख सहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढल मुक्त नदी अभियान र नदी किनारामा हरियाली अभियान प्रवर्धनका उक्त रकम छुट्टाइएको बताएका छन्।