आजदेखि सानिमा इक्विटी फण्ड–२ को इकाई बिक्रीमा


काठमाडौं – सानिमा क्यापिटल लिमिटेडले आज अर्थात् वैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड–२ को इकाई बिक्रीमा राखेको छ। यो सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो। 

यस अन्तर्गत प्रतिइकाई अकिंत मूल्य १० रुपैयाँका दरको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ। जसमा निष्कासन गरिने कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेडलाई र २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ।

यसमध्ये बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ। सो इकाईमा छिटोमा वैशाख २९ गते र सो समयभित्र आवेदन नपरे जेठ ७ गतेसम्म लम्बिनेछ।