एफएनसीसीआई निर्वाचन: वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन। मंगलबार सम्पन्न महासङ्घको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा श्रेष्ठ विजयी भएका हुन।

यसक्रममा श्रेष्ठले ६३ मत पाए। यस्तै उनका प्रतिस्पर्धि शिवप्रसाद घिमिरेले ६० मत पाए। महासङ्घको ६०औं वार्षिक साधारणसभाबाट नया नेतृत्व चयन हुँदै छ।

यससङ्गै महासङ्घमा अन्जान श्रेष्ठ अध्यक्ष बनेका छन्।