काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, मेस लगायतका भवनहरूको शनिवार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। साथै, उनले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गरे। उक्त अवसरमा कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुनुपर्नेमा जोड दिए। ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने उनले बताए।
कार्कीले नवनिर्मित भवन नागरिक र प्रहरीको साझा सम्पत्ति भएकोले यसको संरक्षण पनि नागरिक र प्रहरी दुवैको दायित्व भएको उल्लेख गर्दै शिष्ट बोली बचन, अनुशासित र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखी ट्राफिक व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिँदै नागरिकहरूलाई ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न समेत उनले आग्रह गरे।



About Us
प्रतिक्रिया