काठमाडौं – नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले पार्टीले आगामी पाँच वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।
आज १३७औँ विश्व श्रमिक दिवसका अवसरमा ‘लोकतन्त्र, ट्रेड युनियन र मानवअधिकारः समग्र श्रमिकको संवैधानिक अधिकार’ भन्ने नारासहित नेपाल ट्रेड युनियन कांग्रेसद्वारा यहाँ आयोजित कार्यक्रममा सभापति थापाले कांग्रेस जनादेशअनुसार अघि बढ्ने प्रतिबद्धता जनाए।
लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप संसदीय प्रणालीभित्रै रहेर काँग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे। नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय परिषद्का अध्यक्ष योगेन्द्र कुँवरले सरकार श्रमिकका माग सुनुवाइ गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
सोही कार्यक्रममा विभिन्न राष्ट्रबाट आएका श्रमिक अगुवाले श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र श्रमिक सङ्गठनबीच सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए। कार्यक्रमका वक्ताहरूले श्रमिक अधिकार, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, सुरक्षित काम गर्ने वातावरण र ट्रेड युनियनको भूमिकाबारे आआफ्ना धारणा प्रस्तुत गरेका थिए।



About Us
प्रतिक्रिया