काठमाडौं-रोल्पाको जलजलामा हिजो अर्थात वैशाख १७ गते बिहीबार भएको जिप दुर्घटनामा मृत्यु भएका २० जनाको शव निकालिएको छ।सुरक्षाकर्मीले २१ घण्टा लगाएर शव भिरबाट निकालेको हो।
विकट भूगोल, भिरालो र खोँच क्षेत्र, कमजोर सञ्चार पहुँच जस्ता कारणले उद्धार कार्यमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
उद्वार गरिएका २० जनाकै सनाखत गर्न बाँकी छ। जिपका चालक अझै बेपत्ता छन्। जिप चालक बेदबहादुर बिक टाकुरा निवासी हुन्। उनको अवस्था खुलेको छैन। तर प्रहरीले उनको पनि मृत्यु भएको अनुमान गरेको छ।
दुर्घटनामा घाइते भएका रुकुमपूर्वको सिस्ने गाउँपालिका– ५ टाकुरा बस्ने वर्ष ३२ का समीर कामी भने रुकुमपूर्व जिल्ला अस्पतालमा उपचारपछि बिहीबार राति डिस्चार्ज भएका छन्।



About Us
प्रतिक्रिया