बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल, संस्थागत लगानीकर्तासँग आशयपत्र माग


काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। हस्पिटलले जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ताको ४० प्रतिशतले हुन आउने ८ लाख १६ हजार ४८० कित्ता साधारण शेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि बिक्री गर्न लागेको हो।

हस्पिटलले एक सूचना प्रकाशित गर्दै योग्य संस्थागत लगानीकर्तालाई गोप्य शिलबन्दी आशयपत्र आहन गरेको छ। जसमा इच्छुक संस्थागत लगानीकर्ताले वैशाख २१ गते, साँझ ५ बजेभित्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) सिंहदरबार प्लाजा, काठमाडौंमा आशयपत्र बुझाउनुपर्ने छ।

हस्पिटलको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।