इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका ड्राइभर्स पार्टनर्स विजेताहरूलाई ईभी क्याब र ई–स्कुटर प्रदान


काठमाडौं– विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेता ड्राइभर पार्टनर्सलाई ग्रान्ड पुरस्कार स्वरूप ईभी क्याब र ई स्कुटर प्रदान गरेको छ।

काठमाडौंमा आयोजित विशेष समारोहमा सम्पन्न उक्त कार्यक्रममा क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरिएको हो। सन् २०२६ मार्च २ देखि मार्च २९ सम्म सञ्चालन गरिएको चार हप्ते अभियान ड्राइभरहरूको कार्यसम्पादन, सेवा गुणस्तर र निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्ने आधारमा आयोजना गरिएको कम्पनीले जनाएको छ।

क्याम्पेनअन्तर्गत क्याब चालक वर्गमा पेषल बुढाथोकी ले टाटा एक्सप्रेस टी ईभी जितेका छन् भने बाइकरमोटो चालक वर्गमा सरोज खतिवडा र साम्देन तामाङ विजेता बनेका छन्। उनीहरू सबैले चार हप्ताभरि उच्च सेवा स्तर कायम राख्दै योग्यता पूरा गरेका थिए।

विजेताहरूलाई साप्ताहिक चुनौती, आकर्षक पुरस्कार र ग्रान्ड पुरस्कारमार्फत सम्मान गरिएको थियो। यस अभियानअन्तर्गत थप १६ जनालाई स्यामसङ ग्यालेक्सी ए३५ र ४ जनालाई स्टेकेशन प्याकेज पनि प्रदान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनीता जीमी राई ले ड्राइभर पार्टनर्स नै कम्पनीको सफलताको आधार भएको बताइन्। उनका अनुसार यो अभियानले चालकहरूको आयआर्जनमा सकारात्मक प्रभाव पार्दै उनीहरूलाई अझ सशक्त बनाउन मद्दत गरेको छ।

उनले आगामी दिनमा पनि चालक हितका लागि यस्ता कार्यक्रम निरन्तर ल्याइने बताउँदै २०२६ अप्रिल १५ देखि २७ लाख रुपैयाँ बराबरको इन्धन सहयोग कार्यक्रम सुरु गरिने जानकारी दिइन्। उक्त सहयोग चालकहरूको कार्यसम्पादन र सक्रियताका आधारमा वितरण गरिनेछ। इनड्राइभका अनुसार चालकहरू केवल साझेदार मात्र नभई प्लेटफर्मको मुख्य आधारस्तम्भ हुन्। निष्पक्षता, स्वतन्त्र रोजाइ र समुदायमैत्री सेवा विस्तार गर्दै अघि बढ्ने लक्ष्य कम्पनीले दोहोर्याएको छ।