कैफियत देखिएपछि दुई फर्मलाई दुई लाख रुपैयाँ जरिवाना


काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेष्ट सपिङ सेन्टर ठमेललाई दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको हो।

यस्तै, कान्तिपुर क्याफे एपयरपोर्टलाई पनि दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। हेभन ह्याण्डिक्राफ्ट २६ ठमेल र गुडलक ट्रेकिङ सप ठमेलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागले सोमबार ४७ वटा फर्ममा अनुगमन गरेकोमा ४३ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ।