काठमाडौं – नेपाल प्रहरीले काठमाडौं उपत्यकाभित्र अवैध रूपमा भइरहेको क्रिप्टो कारोबार नियन्त्रण गर्न सक्रियता तीव्र पारेको छ। यही क्रममा चैत महिनामा मात्रै पाँच पटकको अपरेसनमार्फत कुल ११ जनालाई पक्राउ गरिएको छ। जसमा तीन जना विदेशी नागरिकसमेत छन्। पक्राउ पर्नेमा भारत, चीन र बङ्गलादेशका नागरिकहरू समेत संलग्न रहेको प्रहरीले जनाएको छ। नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गर्दै पटक–पटक चेतावनी दिँदै आएको भए पनि गोप्य रूपमा यस्तो कारोबार भइरहेको पाइएको छ। विशेषगरी छिटो नाफा कमाउने आशामा युवा पुस्ता यसतर्फ आकर्षित भइरहेका छन्।
डिजिटल वित्तीय प्रणाली विस्तारसँगै प्रविधिको दुरुपयोग बढ्दै गएकाले नियामक र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। प्रहरीका अनुसार चालु आर्थिक वर्षको बैशाखदेखि चैतसम्म ३५ जना क्रिप्टो कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन्, जसमध्ये २९ जना नेपाली र ६ जना विदेशी नागरिक छन्। सो अवधिमा करिब २ अर्ब १ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको तथ्य पनि सार्वजनिक गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रविण धितालका अनुसार आर्थिक अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले विशेष सेल गठन गरेको छ। पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत हुने अपराध बढ्दै गएपछि विभिन्न माध्यमबाट सूचना संकलन गरी अनुसन्धानलाई तीव्र बनाइएको उनले बताए।

‘पहिला अनुसन्धानका लागि आवश्यक उपकरणको कमी थियो, अहिले भने अत्याधुनिक प्रविधि र एआई उपकरण प्रयोगमा ल्याएर मुख्यालयबाटै अनुसन्धानको दायरा विस्तार गरिएको छ,’ उनले भने। उनका अनुसार अधिकांश अनुसन्धान प्रविधि र एप्लिकेसन विदेशी स्रोतका भए पनि तिनको प्रयोगले अनुसन्धान प्रक्रिया छिटो र प्रभावकारी बनेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार उनले सामाजिक सञ्जालमार्फत नेपालीहरूलाई प्रलोभनमा पारेर बैंक खाताहरू प्रयोग गरी ठगी गर्ने र उक्त रकमलाई क्रिप्टोकरेन्सीमा रूपान्तरण गर्ने गरेका थिए।
चैत महिनाभर भएका अपरेसनहरूमा प्रहरीले ठूलो रकमसहित संगठित नेटवर्कसमेत पर्दाफास गरेको छ। चैत २ गते नागार्जुन नगरपालिका–८ भीमढुंगा क्षेत्रबाट दुई नेपाली नागरिकलाई १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको थियो। उनीहरूमाथि अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
चैत ८ गते हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जनालाई १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा एक भारतीय र दुई नेपाली नागरिक थिए। प्रारम्भिक अनुसन्धानमा तीमध्ये एक व्यक्तिको संलग्नतामा झण्डै १ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले सामाखुशी र एकान्तकुनाबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
नेपाल प्रहरीले काठमाडौं उपत्यकाभित्र अवैध रूपमा भइरहेको क्रिप्टो कारोबार नियन्त्रण गर्न सक्रियता तीव्र पारेको छ। यही क्रममा चैत महिनामा मात्रै पाँच पटकको अपरेसनमार्फत कुल ११ जनालाई पक्राउ गरिएको छ।
त्यसैगरी, चैत १२ गते अभौतिक मुद्रा कारोबारमा संलग्न एक बङ्गलादेशी नागरिक ३० लाख ४९ हजार रुपैयाँ नगदसहित पक्राउ परेका थिए। उनको मोबाइलबाट सोही बराबरको यूएसडीटी क्रिप्टो कारोबार भएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
चैत २० गते १७ करोड ७९ लाख रुपैयाँ बराबरको क्रिप्टो कारोबारमा संलग्न चिनियाँ नागरिक झुयी फेंग पक्राउ परेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार उनले सामाजिक सञ्जालमार्फत नेपालीहरूलाई प्रलोभनमा पारेर बैंक खाताहरू प्रयोग गरी ठगी गर्ने र उक्त रकमलाई क्रिप्टोकरेन्सीमा रूपान्तरण गर्ने गरेका थिए।
त्यस्तै, चैत २४ गते काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट चार जनालाई ३० लाख रुपैयाँसहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा चितवनका सवन अधिकारी र रबिन जी.आर., काठमाडौंका आशिष अधिकारी र ललितपुरका अनित्य शाक्य रहेका छन्। उनीहरूले राष्ट्र बैंकको निर्देशनविपरीत हुण्डी तथा क्रिप्टो कारोबार सञ्चालन गरिरहेको प्रहरीको दाबी छ। नेपाल प्रहरीका तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १, २०७८/७९ मा २ र २०७९/८० मा ३ वटा क्रिप्टोसम्बन्धी उजुरी दर्ता भएका थिए। त्यसैगरी, २०७९/८० मा ३, २०८०/८१ मा ४ र २०८१/८२ मा २८ वटा मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्षको बैशाखदेखि चैतसम्म ३५ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया