हिमालयन बैंकका सञ्चालक थापाले दिए राजीनामा


काठमाडौं – हिमालयन बैंक लिमिटेडका सञ्चालक सुनिल बहादुर थापाले राजीनामा दिएका छन्। संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक थापाले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनले दिएको राजीनामा फागुन १५ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ।