सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांशमा ६ करोड वितरण गर्दै, तोक्यो बुक क्लोज मिति

सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांशमा ६ करोड वितरण गर्दै, तोक्यो बुक क्लोज मिति


बैकिङ्ग समाचार। 
सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित  सनराइज फर्स्ट म्युचुअल फण्डले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न लागेको हो।

यसका लागि फण्डले बुक क्लोजको मिति तय गरेको छ। योजनाले असोज ११ गते सेयरधनी दर्ता कित्ता बन्द गर्न लागेको हो।

योजनाले  इकाइधनीलाई आर्थिक वर्ष ७६/७७ का लागि करसहित ७ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख प्रतिफल वितरण गर्ने भएको छ। उक्त लाभांश योजनाले तोकेको बुक क्लोज हुने असोज १० गतेसम्म कायम सेयरधनीहरुले पाउन सक्नेछन्।