काठमाडौं – बीमा क्षेत्रबाट आधुनिक जीवनशैलीअनुसार बीमाको पुनर्संरचना गर्ने विषय अत्यन्त महत्त्वपूर्ण छ। पछिल्लो समयको जीवनशैलीले गर्दा समेत स्वस्थ समस्याका घटना बढिरहेका छन्। बीमा प्राधिकरणमा भएको विद्यमान बीमा योजनाहरूलाई नै परिमार्जन गर्नुपर्ने अवस्था छ। त्यसैले गर्दा जोखिमपूर्ण क्षेत्रहरूमा समेत काम गर्न सुरु गर्नुपर्छ। पहिला भएका परम्परागत पोलिसीहरुलाई परिवर्तन गरेर लगानी गर्नुपर्ने हुन्छ। बीमामा अहिले जनशक्तिको समेत महत्त्व रहेको छ। प्राधिकरणसँग अहिले बीमाङ्गकीय डाटा विश्लेषकलगायतका जनशक्तिहरूको अभाव छ।
अर्थमन्त्रालयसँग प्राधिकरणले समन्वय नगरी प्राधिकरणले कुनै काम गर्न सक्दैन। अर्थमन्त्रालयको बीमा क्षेत्रको विकासमा ठूलो भूमिका रहेको छ। सरकारबाट ल्याएको पोलिसीहरुले गर्दा बीमा क्षेत्रको विकास भइरहेको छ। सार्वजनिक सम्पत्तिको बीमा गर्ने कुराहरू आउन थालेको छ। यो धेरै नै महत्त्वपूर्ण कुरा हो। बीमाका नीतिगत विषय निर्माणका लागि अर्थमन्त्रालयको ठूलो भूमिका हुन्छ।

प्राधिकरणले सबै बीमा क्षेत्रका व्यक्तिहरूलाई राखेर काम गर्ने गरेको छ। वृहत छलफल पछि मात्रै प्राधिकरणले नयाँ नीति बनाउने गर्छ। कतिपय विषयमा कानुनी संरचना परिवर्तन गर्नुपर्ने हुन्छ। बीमा योजना गाइलाइन्सले कति विषयहरूमा परिमार्जन गरेपछि मात्रै नयाँ बीमा योजना दिन सक्छ।
कोभिड बीमाका लागि प्राधिकरणले सरकारसँग धेरै पहल गरिरहेको छ। प्राधिकरणको क्षेत्रबाट गर्ने कामहरू १०० प्रतिशत नै गरेको छ। भविष्यमा पनि यसमा प्राधिकरणले काम गर्ने नै छ। कोभिड बीमा पनि प्राधिकरणले राम्रो विचारधारा कै साथ शुरु गरेको थियो। तर, सफल हुन सकेनन्।त्यसैले गर्दा अब कुनै बीमा योजना बनाउँदा अलि बढी नै सचेत हुन आवश्यक छ। ‘यसपालि प्राधिकरणले निर्जीवन बीमामा नयाँ पोलिसीहरुलाई ठाउँ दिएकाे छ। पहिला एक वर्षको पोलिसी थियाे। पहिलाको लागि त्यो पोलिसी ठिक थियाे। अबका दिनमा १५ दिन १ महिनाका पोलिसी पनि उपयुक्त हुनसक्छ। जसका लागि काम शुरु भइसकेकाे छ।
साथै, बीमा प्राधिकरणले कतिपय पहिला नै सुरू गरेका कुराहरू पनि प्रचार-प्रसार गर्न नसक्दा सबैलाई जानकारी भने छैन। प्राधिकरणले शुरु गरेका धेरै पोलिसीहरु छन्। सम्पत्ति बीमाले वातावरण जोखिम व्यवस्थापनमा राम्रो काम गर्छ। बीमा कम्पनीहरूले नयाँ पोलिसीहरु ल्याउँदा सो अनुसार विभिन्न निदेर्शिकाहरु निर्माण गर्छ।

अहिलेको परम्परागत स्वस्थ बीमाले मात्र काम गर्न नसक्न सक्छ। त्यसमा विभिन्न किसिमका पोलिसीहरु थपेर काम गर्न सकिन्छ। अहिले पनि प्राधिकरणले निर्देशिका जारी गरेको छ। जसलाई परिष्कृत गदै जानुपर्छ। विभिन्न प्रकारका पोलेसीहरु बनाएर जानुपर्छ। जसले जटिल खालका रोगहरूलाई कभर हुन्छ।
साथै, साइबर जोखिमका पोलिसीमा पनि केही बीमा कम्पनीहरूले प्रधिकरणसँग स्वीकृत लिईसकेका छन्। तर, साइबर जोखिमको एउटा राम्रो बीमा योजना चाहि प्राधिकरणले बनाउन सकेको छैन। सरकारले छुटाएको बजेटमा पनि साइबर जोखिमकाे कुरा उठेको थियो। प्राधिकरणले भित्री रूपमा जाँच चाहि गरिरहेको नै छ। साइबर जोखिम बढ्दो क्रममा छ। त्यसैले गर्दा यसलाई सोही हिसाबले अघि बढाइएको छ। कम शिक्षित वर्गका लागि पनि अन्य पोलिसीहरु बुझाउन सकिन्छ तर साइबर पोलिसी बुझाउन जटिल छ। यो धेरै जटिल विषय हो। त्यसैले गर्दा अन्य बीमा पोलिसी जस्तै सहज बनाउन गाह्रो छ। प्राधिकरणले अन्य पोलिसीहरुलाई चाहि पहिलेकाेभन्दा सहज बनाउँदै गइरहेको छ।
(नेपाल बीमा प्राधिकरणकी निर्देशक ढुंगेलले तेस्राे नेशनल इन्स्याेरेन्स डिस्काेर्शकाे दाेस्राे सत्र भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण सत्रकाे छलफलमा राखेकाे विचारबाट साभार)





About Us
प्रतिक्रिया