नविल बैंकले साइकल किन्न ऋण दिने

नविल बैंकले साइकल किन्न ऋण दिने


बैकिङ्ग समाचार । 
नविल बैंकले साइकल किन्न ऋण दिने भएको छ।

पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मान्छेहरु आफ्नो स्वास्थ्य प्रति धेरै चेतनशिल भएको कारण यो योजना ल्याइएको बैंकले जनाएको छ । 

यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनु पर्ने बैकले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन।

२ लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा २ लाखभन्दा जति धेरै हुन्छ त्यति डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने बैंक बताउँछ । 

बैंकका अनुसार साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने छ।

बैंकले यो योजनाको लागि पानी पोखरीस्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससगँ सम्झौता गरेको छ।

यो योजनाले साइकल किन्न चाहाने तर एकै पटक पैसा तिर्न अप्ठेरो हुनेहरुलाई सहज हुने बैंकको विश्वास छ।