तोलामा २१ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेको छ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो। यससँगै चाँदी तोलामा ४५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४५ सय २५ रुपैयाँमा कारोबार भएको थियो।