साताको सुन कारोबारः ११ हजार रुपैयाँले घट्यो मूल्य


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार १३ सय रुपैयाँले बढ्दै प्रतितोला सुन २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भयो। आइतबार बढ्दै रेकर्ड राखेको सुनको मूल्यमा सोमबार ६ सय रुपैयाँको गिरावट देखियो। त्यसदिन प्रतितोला छापावाल सुन २ लाख ७० हजार रुपैयाँ कायम भयो।

यस्तै, मंगलबार सुनको मूल्यमा भारी रकमको गिरावट देखियो। मंगलबार ७ हजार ९ सय रुपैयाँले घट्दै प्रतितोला सुन २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भयो। बुधबार पनि सुनको मूल्यमा गिरावट देखियो। त्यसदिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भयो।

बिहीबार १४ सय रुपैयाँले घट्दै २ लाख ५९ हजार ६ सय रुपैयाँ पुग्यो। यस्तै, साताको अन्तिम दिन सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्दै २ लाख ६२ हजार ५०० रुपैयाँ पुग्यो। समग्रमा यो साता सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट देखियो।