विद्युत प्राधिकरणले माग्यो सह-निर्देशकदेखि सुपरभाइजरसम्म २६६ कर्मचारी (विज्ञापनसहित)


काठमाडौं – नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। प्राधिकरणले शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो।

आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र प्राधिकरणको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा गरिने बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुलाएको जनाएको छ।