काठमाडौं – नेपाली मुलका व्यवसायी दिपेश कार्की सहसंस्थापक रहेको भारतको पीटूपी लेन्डिङ कम्पनी ‘लेनदेन क्लब’ फोब्र्स इन्डियाको ‘डीजेम्स२०२५’मा परेको छ। मासिक ४५० करोड भारुभन्दा बढीको कारोबार गर्दै आइरहेको यो कम्पनी फोब्र्स इन्डियाको डीजेम्स २०२५ को ‘सेलेक्ट २००’ मा परेको हो।
विराटनगरमा जन्मेहुर्केका कार्की भारतको पीटूपी लेन्डिङ लेनदेन क्लबका सह–संस्थापक हुन्। उनले भारतकै भविन पटेलले सन् २०१५ देखि सञ्चालन सुरु गरेका थिए। सञ्चालनको एक दशक पुग्दा लेनदेनका सेवाग्राहीको संख्या ३ करोड नाघिसकेको छ।

मुम्बईमा अवस्थित लेनदेन क्लब यतिबेला भारतको सबैभन्दा ठूलो ‘पीटूपी लेन्डिङ’ (नन–बैंकिङ्ग फाइनान्सियल) कम्पनीकारुपमा स्थापित भइसकेको छ। यहीकारण, यो कम्पनीले भारतमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री समेत गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
फोब्र्सले संसारलाई विभातिज बजारकोरुपमा नभई जोडिएको अवसरकारुपमा प्रत्येक वर्ष डीजेम्स घोषणा गर्छ। यो वर्ष संस्थापकहरुलाई सहयोग गर्ने संस्थापक भन्ने नीतिसहित डीजेम्स घोषणा गरेको थियो। यही डीजेम्सको सेलेक्ट २०० मा लेनदेन क्लब पनि परेको हो।
फोब्सको सेलेक्ट २०० मा अटाएको यो कम्पनीले आगामी तीन वर्ष भित्र सर्वसाधारणमा शेयर बिक्री गर्ने तयारी अघि बढाएको छ। भारतीय सञ्चारमाध्यममा आएको समाचारहरुअनुसार कार्कीले आगामी १८ देखि ३६ महिना भित्रमा साधारण शेयर बिक्री गर्नेछ। यो प्रक्रिया सकिएपछि लेनदेन क्लब भारतमा सूचीकृत हुने पहिलो पीटूपी कर्जा प्रदायक कम्पनी बन्नेछ।

सुरुमा लेनदेन क्लबबाट सुरु गरेपनि यतिबेला भारतमा आफ्नो मातहत ३ वटा ब्राण्ड स्थापना गरिसकेको कार्की बताउँछन्। लेनदेन क्लबसँगै ‘इन्स्टामनी’ र ‘लेनदेन क्लब सर्भिस’ नामक अन्य दुई कम्पनी समेत सञ्चालनमा छन्। नेपाली व्यवसायीद्वारा सञ्चालित लेनदेन क्लब फोब्र्सको डीजेम्स २०२५ को सेलेक्ट २०० मा पर्नु नेपालीहरुको लागि नै गर्वको विषय हो।



About Us
प्रतिक्रिया