रोटरी काठमाडौं हेरिटेजको अध्यक्षमा बिना


काठमाडौं – रोटरी काठमाडौं हेरिटेजको रोटरी वर्ष २०२६/२७ को अध्यक्षमा बिना पाठक पन्त निर्वाचित भएकी छिन् । काठमाण्डौंमा सम्पन्न भएको निर्वाचन कार्यक्रमा २०२६/२७ को लागि निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अधिकारी, प्रेसिडेन्ट ईलेक्टमा पुण्य प्रसाद न्यौपाने, प्रेसिडेन्ट नोमिनीमा डा. बुद्धि मल्ल, भाईस प्रेसिडेन्टमा प्रा.डा. भिम प्रसाद सुवेदी, सचिवमा नबिनमुनि बज्र्राचार्य, कोषाध्यक्षमा यादव भण्डारी निर्वाचित भएका छन । क्लबले अन्य विभिन्न पदाधिकारी एवं कमिटीहरुको लागि संयोजक एवंम सदस्यहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

क्लबले वातावरण, हेरिटेज, शिक्षा, स्वास्थ लगायत अन्य बिभिन्न क्षेत्रहरुमा महत्वपूूर्ण सामाजिक कार्यहरु गर्दै आईरहेको छ । हालसालै क्लबले नुवाकोटको गणेश सुर्य विद्यालय, लिखुमा २ वटा शौचालयहरु निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको थियो भने यहि पौष महिनाभित्रै २ वटा विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट ज्ञान आदान प्रदान गर्ने कार्यक्रम आयोजना गर्न लागेको छ ।

क्लबले सामाजिक कार्यमा अझै बढि योगदान गर्ने उदेश्यका साथ अन्य देशका रोटरी क्लबहरुसंग सम्बन्ध स्थापित गरेको छ ।