लगातार ओरालो लाग्दै सुनको मूल्य, तीन दिनमा ९ हजार ६ सय रुपैयाँ घट्यो


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६२ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।

आजसँगै तीन दिनयता लगातार सुनको मूल्य घटिरहेको छ। सोमबार तोलामा ६ सय रुपैयाँ,  मंगलबार ७ हजार ९ सय रुपैयाँले घटेको थियो। योसँगै तीनमा सुनको मूल्य ९ हजार ६ सय रुपैयाँकाे गिरावट देखिएकाे छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १२० रुपैयाँले घटेको हो। यससँगै चाँदी तोलामा ४४ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४५ सय ९० रुपैयाँमा कारोबार भएको थियो।