खानी खोला हाइड्रोपावरको सञ्चालक लामिछानेले दिए राजीनामा


काठमाडौं – खानी खोला हाइड्रोपावर कम्पनीका सञ्चालक बटु लामिछाने राजीनामा दिएका छन्। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले लामिछानेले दिएको राजीनामा स्वीकृत गरेको हो।

लामिछानेले आफ्ना घरायसी कारण देखाउँदै सो पदबाट राजीनामा दिएका हुन्। साथै, रिक्त रहेको सो पदमा आगामी साधारण सभाबाट अनुमोदन गर्ने गरि मन्दिप खनाल नियुक्त गर्ने समेत निर्णय गरेको छ।