काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्यमा १ सय रुपैयाँको गिरावट देखियो। मूल्यमा सामान्य गिरावटसँगै आइतबार प्रतितोला छापावाल सुन २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भयो। आइतबार सामान्य घटेको सुन सोमबार प्रतितोला १ हजार रुपैयाँले बढ्दै २ लाख ६१ हजार ७ सय रुपैयाँ पुग्यो।
साताको तेस्रो कारोबारको दिन मंगलबार सुनको मूल्यमा भारी रकमको वृद्धि देखियो। त्यसदिन सुन तोलामा ५५ सय रुपैयाँले बढ्दै २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भयो। यस्तै, साताको चौथो कारोबारको दिन बुधबार सुन तोलामा ९ सय रुपैयाँले बढ्दै २ लाख ६८ हजार एक सय रुपैयाँ पुग्याे।
बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँले घट्यो। बिहीबार प्रतितोला दुई सुन लाख ६७ हजार पाँच सय रुपैयाँमा किनबेच भयो। यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रतितोला सुन १८ सय रुपैयाँले बढ्दै दुई लाख ६९ हजार तीन सय रुपैयाँ पुग्यो। समग्रमा यो साता सुनको मूल्यमा ११ हजार रूपैयाँले बढ्यो।





About Us
प्रतिक्रिया