काठमाडौं – पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवलले रिहा गर्न आदेश दिएको छ। अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उनलाई बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रिहा गर्न आदेश दिएको हो।
आदेशअनुसार उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो बैंक ग्यारेन्टीमार्फत सुरक्षित गरेपछि रिहा हुन पाउने छन्।






About Us
प्रतिक्रिया