नेशनल लघुवित्तको लाभांश घोषणा


काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको पुष १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

संस्थाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४.२५ प्रतिशत बोनश शेयर रहेको छ भने ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजसहित) रहेको छ। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारणले पारित गरेपश्चात वितरण गरिनेछ।