बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले कर्पोरेट कार्यालय निर्माण गर्न काठमाण्डौमा जग्गा खरीद गर्ने निर्णय गरेको छ । बैंकले आफ्नै स्वामित्वमा रहेको जग्गामा केन्द्रिय कार्यालय निर्माण गर्न जग्गा खरिद गर्ने भएको हो । बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १ मा कर्पोरेट कार्यालय भवन निर्माण गर्ने छ ।
बैंकले १०५ दशमलव ५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल रू. १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरीद गर्ने निर्णय गरेको छ । बैंकको असोज १० गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिला खारेज भई आएपश्चात् उक्त रकम भुक्तान गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया