मर्चेन्ट बैंकर्स संघले शेयर तथा वस्तु विनिमयबारे हाजिरीजवाफ प्रतियोगिता गर्ने, प्रथम हुने टोलीले १ लाख पाउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापी रूपमा सचेतना तथा ज्ञान अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ ।

नेपाल मर्चेन्ट बैंकर्स संघ (मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल) ले १८ देखि २० असोजमा विभिन्न विश्वविद्यालयअन्तर्गत काठमाडौं उपत्यकामा स्नातक तह सञ्चालन गरिरहेका कलेजका विद्यार्थीका बीचमा पुँजी बजारसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

धितोपत्र बजार नियमन निकायको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन अर्गनाइजेसन (आइओएससिओ)को आह्वान तथा नेपाल धितोपत्र बोर्डको समन्वयमा १५ देखि २१ असोजमा मनाउन लागिएको विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसर पारेर कार्यक्रम गर्न लागिएको संघले जनाएको छ । 

प्रतियोगितामा विजेता हुने टोलीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको संघले जनाएको छ । जसअनुसार प्रथम हुने टोलीले १ लाख रुपैयाँ, द्वितीय हुने टोलीले ५० हजार रुपैयाँ तथा तृतीय हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने उल्लेख छ ।